लेनडाँडा (मकवानपुर) काठमाडौँ–तराई/मधेस दू्रतमार्ग (फाष्ट ट्र्याक) निर्माणको काम झण्डै आधा सकिएको छ । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त यस परियोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । दू्रतमार्गको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३ रहेको छ । आयोजनाअन्तर्गतका महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ…