ललितखबर २७ पुस । आर्थिक मन्दीसँगै पछिल्लो समय सहकारीमा आर्थिक समस्या भए पनि दक्षिण ललितपुरको सम्झना कृषि सहकारी संस्था विस्तारै अघि बढिरहेको सहकारीका पदाधिकारीले बताएका छन् । चापागाउमा शुक्रबार एघारौं साधारणसभामा बोल्दै संस्थाका प्रबन्धक पुरुषोत्तम हुमागाईले आर्थिक मन्दीसँगै बचत फिर्ता गर्न बाध्य भए पनि सहकारीको सदस्यहरुको संकटमा बचत गरेर सहयोग गरेकाले कारोबार बढाउन सफल भएको…