१८ चैत । मिटरब्याज पीडितहरुले आन्दोलन फिर्ता लिएका छन् । मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेलगायतका ५ बुँदे सहमति भएपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् । ‘मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनजदेनभन्दा बढीको तमसुक/कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुष्चक्रमा फसाई…