२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुमेरु सहकारी पाँच हजार रुपैयाँ पनि दिन नसक्ने अवस्थामा



पुर्वअध्यक्ष महर्जन हाल विदेशमा रहेको र सहकारीमा बचतकर्ताले घेराउ गर्न थालेपछि सञ्चालकहरुको भागाभाग सुरु भएको छ

ललितखबर
१३ बैशाख । ललितपुरको पुल्चोकको सुमेरु बचत तथा ऋण सहकारीमा पछिल्लो समय बचतकर्ताको भीड छ । सहकारीले बचतकर्तालाई बचत फिर्ता नगर्दा यो भीड बढेको हो ।

मंगलबार पनि सहकारीको भूईंतलामा बचतकर्ताको भीड थियो । बचतकर्ता आफ्नो बचत पनि नदिएको भन्दै कर्मचारीसँग रिस पोख्दै थिए । कार्यालयमा प्रबन्धकलगायत धेरै कर्मचारी थिएनन् ।

सहकारी पछिल्लो समय आर्थिक मन्दी आएको भन्दै बचतकर्तालाई पैसा फिर्दा दिएको छैन । कार्यालयमा काम गरिरहेकी क्यासियरले नाम टिपाएर जान र तोकिएको दिन आएर पाँच हजार बचत फिता लैजान भीडलाई बताइरहेकी थिइन् ।

एक बचतकर्ताले यसरी पाँच हजार लिन पालो पर्खने हो भने आफ्नो पुरै पैसा लिन पाचास बर्ष लाग्ने भन्दै आक्रोस पोखे । उनले भने, एक दिन टोकन लिन आउने फेरि पैसा अर्को दिन लिन आउनु पर्ने आफ्नै पैसा लिन पनि कस्तो सास्ती ? उनले प्रतिप्रश्न गरे ।

गतचैत्र १० गते सूचना प्रकाशित गरेर बचत फिर्ता गर्न कठीन रहेको जानकारी दिएपछि सहकारीका बचतकर्ताले शनिबार सातदोबाटोस्थित समेरु समूहमा भेला भएर सुमेरु बचत तथा ऋण सहकारी पिडित संर्घष समिती गठन गरेका थिए ।

भेलाले ११ सदस्यीय संर्घष समिती गठन गर्दै राम भण्डारी क्षेत्रीलाई संयोजक बनाएको थियो । सदस्यहरुमा सुरज महर्जन,बोधराज भण्डारी,ठाकुरचन्द्र श्रेष्ठ,अमृत भुजेल,शोमिता केसी,सन्तोषकुमार रौनियार,सुमिता मालाकार,हेमकुमार थापामगर,महेन्द्र मानन्धर र नारायण श्रेष्ठ छन् । समितीका सचिवमा महेन्द्र मानन्धर रहेका छन् ।

केही दिन अघि समिती र सहकारीको व्यवस्थापनबीच छलफल भएर मिलेर अघि बढ्ने समहती भएको छ । छलफलमा सञ्चालकहरु इमानदार हुने विषय उठेको छ ।

समितीका एक सदस्यका अनुसार सञ्चालकले सहकारीबाट पैसा लिएर आफूखुशी जग्गामा लागनी गर्दा समस्या परेको छ । सहकारीका सञ्चालकहरु बचतकर्तालाई जग्गा चलनचल्ती भन्दा बढी मूल्य लिएर भिडाउने र नाफा कमाउन दौडधुप गरिरहेका छन् । धेरै रकम भएका एक बचतकर्ताले बचत फिर्ता नहुने डरले त्रसित छन् ।

सहकारीका अध्यक्ष हेमराज दाहाललगायतको टोली मंगलबार सहकारी बोर्ड पुगेर समस्याबारे छलफल गरेको छ । बोर्डमा पुर्वअध्यक्ष भरत महर्जनलगायतको सम्पती रोक्का गर्न निवेदन दिने तयारी छ । समितीका एक सदस्यका अनुसार पुर्वअध्यक्ष महर्जन हाल विदेशमा रहेको र सहकारीमा बचतकर्ताले घेरा उगर्न थालेपछि सञ्चालकहरुको भागाभाग सुरु भएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ४ : ३० बजे