३० भदौ ०७९, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर बालेनले सुरु गरेको कर उठाउने अभियनपछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन् । महानगरले यही भदौ १५ गतेदेखि पटकपटक कर तिर्न करदातालाई पत्राचार गरेको थियो । पत्राचार र महानगरको पटकपटकको ताकेताका आधारमा अहिलेसम्म रु ८४ लाख ३४ हजार असुल भएको महानगर राजश्व विभागका प्रमुख डा…