२ भदौ ०७८, डडेल्धुरा । डडेल्धुराको अमरगढी ५ का रामशरण रोका जिल्ला सदरमुकामस्थित एक संस्थागत विद्यालयमा अध्यापन गराइ रहेका थिए । उमेरले ३८ वर्षका रोका विगत १० वर्षदेखि नियमित शिक्षण पेशामा थिए । शिक्षण पेसामा कार्यरत उनको जीवन सहज नै चलिरहेको थियो । शिक्षण गरेर आएको पैसाले उनका परिवारको दैनिकी सहज रूपमा चलिरहेको थियो ।…