५ साउन ०७८, सिद्धिपुर । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सिद्धीपुरमा संचालित सविता कपडा उद्योगले क्षमता विस्तार गरेको छ । विस्तारित घरेलु कपडा उद्योगको मंगलबार राष्टिय सभा उपाध्यक्ष शशीकला दाहालले उद्घाटन गर्दै महिला सशक्तिकरणका लागि महिला उद्यमशिलतामा जोड दिएकी छिन् । उनले उद्योगलाई अझै विस्तार गर्दै स्थानीय गरिब तथा विपन्न महिलालाई रोजगारी प्रदान गर्न आग्रह गरिन् ।…