९ असार ०७८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगका चुडामणी शर्मासहितका पदाधिकारीविरुद्ध एक अर्ब बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार एक अर्ब ३३ लाख २० हजार तीन सय ८५ रुपैयाँ भ्रष्टाचार बिगो कायम गरी विशेष अदातलमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले विज्ञप्ति जारी गरेर शर्मासहित अध्यक्ष…