टक्सार (भोजपुर) १४ असार । भोजपुर नगरपालिका–८, दुम्सिका कमल भुजेलले स्ट्रबेरीको माग बढेपछि १० हजार विरुवा रोप्ने योजना बनाएका छन् । उनले दुई रोपनी जग्गामा व्यवसायीक स्ट्रबेरी खेती सुरु गरेका छन्् । नुवाकोटको ककनीबाट दुई हजार बिरुवा ल्याई आफूले व्यवसायीकरुपमा खेती सुरु गरेको उनले बताएका छन् । राम्रो उत्पादन र आम्दानी हुने गरेको जानकारी पाएपछि …