१५ वैशाख । काठमाडौंको तीनचुलीमा अपरिचित पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ तिनचुली आनन्दपुरस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।