काठमाडौं, ७ चैत । ललितपुरमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइएको छ । ललितपुरमा हरेक वर्ष एउटा घोडा दौडाएर घोडेजात्रा मनाने गरिएको छ । ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पुर्याइन्छ । भीमसेन गुठीका सम्पूर्ण गुठियारले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको…