काठमाडौँ ३ चैत । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्यको मूल छत्र गजुर रु ५० लाखको लागतमा जीर्णोद्धार गरिएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले गजुरको जीर्णोद्धार गरेको हो । काठमाडौँ–१५ मा रहेको महाचैत्यको पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानले जीर्णोद्धारका लागि प्राविधिक अध्ययन गरेका थिए । यही चैत ५…