१० मंसिर । भक्तपुरको लोकन्थलीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली बस्ने हरीकृष्ण द्वारेको विगत ६ महिनादेखि बन्द रहेको धानको भुस राख्न बनाएको जस्ताको खाली टहरामा ५० वर्षीय प्रजाबहादुर राई मृत फेला परेका हुन् । संखुवासभा सिलिचोङ गाउँपालिका १ बस्ने ५० वर्षीय राई आइतबार…