२४ बैशाख । उच्च अदालत पाटनले काठमाडौँ उपत्यकाको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) ढल नभइ खोला नै भएको फैसला गरेको छ । काठमाडौँ महानगरपालिकाले जय नेपाल हलबाट कमलादी क्षेत्रसम्मको नदी छोपिएको भन्दै खुला गर्न सुरु गरेपछि अदालतमा मुद्दा परेको थियो । अदालतले गरेको फैसलाको पूर्णपाठमा खोला नै भन्ने उल्लेख भएपछि जग्गा प्राप्तिसम्बन्धी कानुन अनुसार…