काठमाडौं । यस वर्षको इन्द्रजात्रा अर्थात् यँयाः का लागि लिङ्गो (‘यःसिं) काठमाडौं ल्याइएको छ। मानन्धर समुदायका अगुवाहरू, गुठी संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन)सहितको टोली वन प्रस्थान गरी यःसिं काठमाडौंको भोटाहिटी ल्याइएको हो। पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा दिइएको साइतअनुसार सोमबार राति ९ः०३ को साइतमा वृक्ष कर्तन (रुख कटान) गरी नालाबाट गुठीयारहरुले तानेर ल्याएका हुन्। यसरी…