काठमाडौं दक्षिण ललितपुरको गिम्दीमा मोटर साइकलमा दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुरको बाग्मती गाउँपालिका ७ गिम्दी दोर्जेलिङ डाँडामा भएको मोटरसाइकल दुर्घटनामा काभ्रे बेथानचोक गाउँपालिका–१ सुकुम घर भएकी ३८ वर्षीया मेनुका गौतमको मृत्यु भएको हो । सो सडकमा बा.६८ प २२०८ नम्बरको मोटरसाइकलबाट खसेर उनको मृत्यु भएको हो । आइतबार दिउँसो…