काठमाडौं । साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को पाँचौँ खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। ओपनर माज सदाकतले ६३ र अनिलकुमार साहले ६१ रन बनाउँदै टीमको जित…