काठमाडौं, ५ जेठ । सरकारले कीर्तिपुर र मुलपानी क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने भएको छ। शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर र मुलपानी मैदानलाई दुई वर्षभित्र स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुने व्यवस्था गर्ने बताए। यस्तै, सरकारले चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङको विराटनगर क्रिकेट रङगशालाको पूर्वाधार…