काठमाडौं । अबदेखि ट्राफिक चेकिङको क्रममा ट्राफिक प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्न नपाउने भएको छ । उच्च अदालत पाटनले कानूनले तोकेको बाहेक अवस्थामा गैरकानुनी भएको ठहर गर्दै यस्तो कार्य नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो। पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश दिएको छ ।…