२६ मंसिर । कमलादीमा भ्वाङ परेको सडक निर्माण गरिएसँगै बिहीबारबाट सञ्चालनमा आउने भएको छ । गत साउन २५ मा कमलादीमा अविरल वर्षासँगै सडकमा भ्वाङ परेको थियो । त्यसपछि उक्त खण्डमा सवारी आवागमन ठप्प बनेको हो । भ्वाङ परेको साढे दुई महिनापछि ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता भई कात्तिक २ बाट यसको निर्माण थालिएको हो ।…