काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहाले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्न चुनौती दिएका छन् । बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै मेयर बालेनले संघीय सरकारलाई यस्तो चुनौती दिएका हुन् । उनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सारे पनि राजधानी नै सारे पनि काठमाडौंवासीलाई कुनै आपत्ति नहुने उल्लेख गरेका छन् ।…