लपु संवाददाता ११ चैत्र ०७९,पाटन । ८९ वर्षीय तेस्रो पाटन, नःबहाल टोल बस्ने काजीरत्न ताम्रकारको मन बिहान देखि बेचैन थियो । कान कम सुन्ने उनी घरी मूलढोका तिर नजर दौराउंथे । घरी छोरी, बुहारीको अनुहार निहाल्थे । छोरी हिराकुमारीले ताम्रकार समाजबाट जेष्ठ नागरीक घरभेटका लागि टोली आउंदैछ भन्ने जानकारी पाएदेखि उनको आंखामा उत्साह छाएको थियो…