गोदावरी २५ भदौ । ललितपुरकी सासंद डा. तोसिमा कार्कीले भष्ट नेताले श्रीमद् भागवत सुन्न जरुरी रहेको बताएकी छिन् । ललितपुरको गोदावरी क्षेत्र बाँडेगाँउ मामाघर आश्रममा जारी श्रीमद्भागवत् महायज्ञमा बोल्दै सासंद डा. कार्कीले भ्रष्ट नेता र कार्यकर्ताहरुलाई आध्यात्मिक चिन्तन गराउन जरुरी रहेको तर्क गरिन् । उनले मन र बिचार शुद्ध भए मात्र देश अगाडि बढ्ने बताइन्…