५ असार । काठमाडौँ उपत्यकाको ललितपुर र भक्तपुरबाट काभ्रेपलाञ्चोक जोड्ने गरी दुई सुरुङमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ । सरकारको चालु आर्थिक वर्षको बजेटबाट ‘चार भञ्ज्याङ, चार सुरुङ मार्ग’ कार्यक्रमअन्र्तगत दुई सुरुङ मार्गको अध्ययन थालिएको हो । ललितपुरको गोदावरी तथा काभ्रेपलाञ्चोकको पनौती (मानेदोभान) सडक खण्डमा सुरुङ मार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको छ । यसका…