६ साउन । काठमाडौं महानगरपालिकाको २२ नम्बर वडा कार्यालयले न्यूरोडको सडकबाटै सेवा सञ्चालन सुरु गरेको छ । महानगरपालिकाले फुटपाथ विस्तार गर्न सडक खन्न थालेपछि त्यसको विरोधमा उत्रिएका वडाका जनप्रतिनिधिहरुले सडकमै पाल टाँगेर कामकाज गरेका हुन् । वडा सदस्य चन्द्रमान तुलाधरले महानगरपालिकाले जबरजस्ती फुटपाथ विस्तार गर्न खोजेपछि वडा कार्यालय नै सडकबाट सञ्चालन गर्न लागेको बताए ।…