महेन्द्रनगर (धनुषा) जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि पवित्र जानकी जन्मोत्सव सुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताएका छन् । साथै, अखण्ड रामायण पाठ पनि नियमित…