काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन् । नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले राजनीतिक…