४ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाँदर बन्ध्याकरणका लागि बजेट छुट्याउन सरकारलाई निर्देशन



काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर बन्ध्याकरणका लागि बजेट छुटाउन सरकारलाई निर्देशन दिएको छ।

समितिले वन तथा वातावरण राज्यमन्त्री, वन मन्त्रालयका सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकसँग छलफल गरेको थियो। त्यसक्रममा समितिले ‘बाँदर बन्ध्याकरणका कार्यक्रम’ सञ्चालन गर्न आवश्यक रहेको भन्दै बजेट छुटाउन भनेको हो।

नेपाल भेटनरी संघका महासचिव, भारतको हिमाञ्जल प्रदेशबाट तालिम लिई आएका पशु चिकित्सक, शोधकर्ता, सरोकारवाला किसानलगायत छलफल गरेपछि समितिले सरकारलाई बाँदरको बन्ध्याकरणका लागि बजेट छुट्याउन र आगामी वर्षदेखि बाँदरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्न निर्देश गरेको हो।

‘देशका विभिन्न क्षेत्रमा बाँदरको कहरले कृषि बाली नष्ट गरी किसानहरु विस्थापित नै हुनुपरेकाले विद्यमान अवस्थामा बाँदरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गरी यसको न्यूनीकरण गर्न आवश्यक पर्ने यन्त्र तथा उपकरण, जनशक्ति, आर्थिक तथा भौतिक स्रोत साधनसहितको नीतिगत तथा व्यवस्थापकीय कार्य गरी केही स्थानमा नमूनाको रुपमा आगामी आर्थिक वर्षबाट कार्य सञ्चालन गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउन वन तथा वातावरण, कृषि तथा पशुपन्छी विकास र अर्थ मन्चालकलाई निर्देशन दिने’ समितिको निर्णयमा लेखिएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।