२० कार्तिक २०८३, बिहिबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लत्रिएको विद्युतको तारले बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु



रोल्पाको गङ्गादेव गाउँपालिका ४ निवासी ७० वर्षका बालाराम डाँगी र उहाँका छोरा ४५ वर्षीय टोपलाल डाँगीको बसको सिटमै मृत्यु भएको थियो भने सख्त घाइते गाडी धनी सल्यान छत्रेश्वरी गाउँपालिका ६ राणागाउँ निवासी अञ्दाजी ३७ वर्षीय महेन्द्र ओलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो

 

२१ असार । लत्रिएको विद्युत्को तारबाट गुडिरहेको यात्रुबहाक बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु भएको छ ।
तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज केसीका अनुसार रोल्पाको गङ्गादेव गाउँपालिका ४ निवासी ७० वर्षका बालाराम डाँगी र उहाँका छोरा ४५ वर्षीय टोपलाल डाँगीको बसको सिटमै मृत्यु भएको थियो भने सख्त घाइते गाडी धनी सल्यान छत्रेश्वरी गाउँपालिका ६ राणागाउँ निवासी अञ्दाजी ३७ वर्षीय महेन्द्र ओलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दाङबाट रोल्पा जाँदै गरेकोे रा १ ख ८३४ नं को बसमा आज बिहान १०ः१५ बजेतिर कपुरकोट गाउँपालिका–३ चोरखोलामा पुग्दा लत्रेको तारबाट करेन्ट प्रवाह भएको थियो ।
सडकमा लत्रिएको ११ हजार भोल्टेजको विद्युत्को तारले गाडीको पछाडीको भागमा छुदा करेन्ट लागेको प्रहरीले बताएको छ । उक्त बसमा २७ यात्रु सवार थिए ।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  १० : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।