काठमाडौँ ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको आज प्रतिनिधिसभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको सवालजवाफ गर्ने कार्यसूचि छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै छन् । उक्त परिच्छेदमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका…