१९ असार । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको बैठकले प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गरिदिन आग्रह गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । लेखकले अहिलेको यथार्थ राजनीतिक परिस्थितिको ठिक मूल्यांकन गर्दै मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए। ‘अहिलेको यथार्थ…