२५ जेठ । सार्वजनिक लेखा समितिले सीमांकन, नक्सांकन तथा अभिलेखीकरणका लागि आपसी समन्वय तथा आवश्यकताका आधारमा देशभर पुनः नापी गर्न निर्देश गरेको छ । समितिले यस कार्यका लागि सूचना प्रविधिको प्रयोग गर्न र तथ्य तथ्यांकमा शुद्धता कायम गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी…