काठमाडौं । भ्रष्टाचार, प्रशासनिक बेथिति र दर्ता नभएका सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा जेन–जीद्वारा सञ्चालन गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको छ। घाइतेको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार, मृत्यु भएकाको परिचय खुल्न बाँकी छ भने ७०–८० जना प्रदर्शनकारी घाइते छन् र उपचाररत छन्।…