५ मंसिर । बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने विश्वभरका प्रभावशाली सय महिलाहरुको सूचीको सन् २०२३ को संस्करणमा ललितपुरकी रुक्सना कपाली परेकी छिन् । बीबीसीको यो सूचीमा नेपालकी पारलिंगी महिला (ट्रान्सजेन्डर वुमन) कपाली पनि परेकी हुन् । बीबीसीकाअनुसार कपालीले ट्रान्सजेन्डर समूदायको मानवअधिकारका लागि नेपालमा काम गरेकाले उनलाई यो सूचीमा समावेश गरिएको हो । नेपालमा एलजीबिटिक्यु प्लस…