४ मंसिर । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ । न्यायाधीश कुमार चुडालको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा राखिएको हो ।
न्यायाधीश चुडालले संयुक्त इजलासमा परेका मुद्दा पनि हेर्नुपर्ने भएपछि आज टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा राखिएको हो । सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्ध दर्जन बढी रिट परेका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले सर्वोच्चमा रिट दायर गरेका थिए । कात्तिक २७ गते सरकारले समाजमा नकारात्मक असर पारेको भन्दै टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया