७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को प्रदर्शनमा १ सय ५९ सेल अश्रुग्यास प्रहार भएको प्रहरीले बताएको छ। बिहीबार दिउँसो काठमाडौंको बल्खुमा भएको प्रदर्शनका क्रममा भएको झडप नियन्त्रण गर्नका लागि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो। प्रहरीले सार्वजनिक गरेको सुरक्षा योजना…