१२ भदौ । चीनले आफ्नो नयाँ नक्सा जारी गरेको छ । चीनले जारी गरेको उक्त नक्सामा नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) नभएर पुरानै नक्सा राखिएको छ । नेपालले २०७७ मै लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । तर, चीनले हालै जारी गरेको आफ्नो नयाँ नक्सामा उक्त भूमि नेपालको नक्सामा देखाइएको छैन…