काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश पिताम्बर शर्माको इजलासले थुनछेक बहसपछि अहिराजलाई पुर्पक्ष थुनामा राख्न आदेश जारी गरेको हो। अहिराजविरुद्ध एक महिलाले ४ जेठ २०८१ मा काठमाडौँको नयाँ बानेश्वरस्थित डेरामा बलात्कार गरेको आरोप लगाएकी थिइन्। उक्त उजुरीका आधारमा…