काठमाडौं, ३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुमार्फत् भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या देखिएको जानकारी दिएका छन् । ‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु’ उनले फेसबुकमा लेखेका छन् ।…