काठमाडौं, ७ फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी एक हप्ताभित्र सत्ता गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका छन् । पार्टी निकट भ्रातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्दै उनले एक हप्ताभित्र सत्ता गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् । गठबन्धनमा संविधानविरोधी पक्षपातीसम्म सबै खाले शक्तिहरू रहेको भन्दै लामो समय नटिक्ने…