काठमाडौं, ३ चैत । उपराष्ट्रपतिका लागि शुक्रबार भएको निर्वाचनमा ८२९ मत खसेको छ। संघतर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेश सभातर्फत ५५० मत भएकोमा ५१८ मात्र खसेको हो। राप्रपा २८, नेमकिपा ३ र जसपाको १ मत नखसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राप्रपा र नेमकिपाले कसैलाई पनि मत नदिई…