१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नगरकोटमा सेनाको हाइयर कमाण्ड तालिम



काठमाडौं
१ चैत्र । नगरकोटस्थित नेपाली सैनिक वार कलेज हाइयर कमाण्ड तथा म्यानेजमेन्ट सुरु भएको छ ।
बलाधिकृत रथी सरोज प्रताप राणाले शुभारम्भ गरेका उक्त तालिममा एक महिलासहित ३३ जना महासेनानीको सहभागिता छ । सेनाले सैनिक अधिकृतका लागि सञ्चालन गर्दै आएको यो सबैभन्दा उच्चस्तरको तालिम भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनामा माथिल्लो तहमा बढुवा हुन यस्ता तालिम अनिवार्य मानिन्छ ।
सो अवसरमा बलाधिकृत रथी राणाले यस्ता तालिमले जटिल परिस्थितिमा उचित एवं प्रभावकारी निर्णय लिन सक्ने क्षमताको विकास गर्ने बताए । उनले भने, “रणनीतिक तथा अपरेशनल तहका नेतृत्वकर्ता, योजनाकार, सल्लाहकार र भविष्यमुखी नेतृत्व उत्पादनमा यस तालिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेेछ ।”
विसं २०७१ देखि सञ्चालन हुँदै आएको यो तालिम हालसम्म नौ महिलासहित दुई सय ७२ जना अधिकृतले पूरा गरिसकेको निर्देशनालयले जनाएको छ ।

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ३ : ५३ बजे