७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दश दलले उपराष्ट्रपतिमा पुरुष उठाएर संविधानको गलत ट्रेन्ड बसाले : अष्टलक्ष्मी शाक्य



काठमाडौं, ३ चैत । उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ‘ट्रेन’ बसालिएको बताएकी छन् ।

शुक्रबार उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आवश्यक्ताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताइन् ।

उनले उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसाबबाट काम गर्न नसकेपनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिने बताइन् । आफू उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको उनको भनाइ छ । ‘यो मेरो चाहनाको विषयभन्दा पनि आवश्यक्ताको विषय हो ।

पार्टीले पनि त्यो आवश्यक्ता महसुस गर्‍यो । यो अधिकार सम्पन्न पद होइन तर गरिमामय पद हो,’ उनले भनिन्, ‘त्यहाँ बसेर राजनीतिक हिसावले अधिकार नभए पनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिन्छ । म जित्नेमा ढुक्क छु । १० दल एकातिर बसे पनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने,संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाको छ, यो एकदमै गलत भयो ।’

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : १९ बजे