२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसकी मुक्ताकुमारी यादवद्वारा उपसभामुखमा मनोनयन दर्ता

काठमाडौं ६ माघ । नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएकी छिन् । शुक्रबार संघीय संसद सचिवालयमा पुगेर मुक्ताले उपसभामुख पदमा मनोनयन दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । धनुषाकी यादव समानुपातिक सांसद हुन् ।