उदयपुर । उदयपुरका १५ वर्षीय एक बालकको पेटमा अड्किएको कैंची शल्यक्रिया गरेर निकालिएको छ। खेल्ने क्रममा गल्तीले निलेको उक्त कैंची सानो आन्द्रासम्म पुगेको थियो। बालकको शल्यक्रिया विराटनगरस्थित नोबेल मेडिकल कलेजका चिकित्सक टोलीले गरेका हुन्। अस्पतालका प्रबन्धक दीपेश राईका अनुसार बालकलाई असार १७ गते अस्पतालमा भर्ना गरिएको थियो। ल्याप्रोस्कोपी विधिबाट गरिएको शल्यक्रियाबाट पेटभित्र अड्किएको कैंची सफलतापूर्वक…