१ असार २०८३, सोमबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकै दिन लगातार तीन भूकम्पको धक्का महसुस



काठमाडौँ
नेपालमा मङ्गलबार एकै दिन लगातार तीन वटा भुकम्पले धक्का दिएको छ ।
गोरखाको अजिकोट–३ हंशपुर, दोलखाको लापिलाङ र सिन्धुपाल्चोकको तारामराङ केन्द्रविन्दु बनाएर तीन भुकम्प गएको हो ।

मङ्गलबार बिहान ६ः१५ मा पनि गोरखाको अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो भने दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो । साथै मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
धध्यरातमा गएको सो भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमासमेत अनुभव गरिएको थियो ।
२०७२ साल वैशाख १२ गते गएको महाभुकम्पपछि लगातार पराम्प र भुकम्पको धक्का दिने क्रम चलिरहेको छ ।

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  १० : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।