२४ मंसिर ०७९, काठमाडौं । एमालेको सचिवालय बैठक सकिएको छ । आज बसेको बैठकले समानुपातिक सांसदको सूची टुंगो लगाउनुका साथै गत आमनिर्वाचनमा पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही गरेको छ । बैठकपछि पत्रकारहरूलाई निर्णय बारे जानकारी दिँदै एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगलाई पहिला नै बुझाएको सूचीमा कुनै पनि हेरफेर नगरिएको बताए । उनका अनुसार पार्टीले आजै…