१ असोज ०७९, काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस गरिएको छ । महाअभियोग सिफारिस समितिका ११ सदस्यमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका हुन् । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले भने फरक मत राखेका छन् । नेकपा एमालेले प्रतिवेदनमाथि ८ बुँदे फरकमत राखेको छ…