३१ असार ०७९,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्ष समय बर्बादी मात्र भएको बताएको छ। संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा सरकार पूरै असफल भएको एमालेले बताएको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले…