४ वैशाख ०७९, काठमाडौं। सत्ता गठबन्धनले स्थानीय तहमा भागबन्डा गर्न अझै समय लगाउने भएको छ। चैत अन्तिमसम्म उम्मेदवारको भागबन्डा गरिसक्ने बताएको गठबन्धनले आजसम्म उम्देवारको टुंगो लगाएर पठाउन स्थानीय संयन्त्रलाई भनेको थियो। तर, स्थानीय तहले पनि आकांक्षी धेरै हुँदा सिफारिस गर्न सकेका छैनन्।आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले सामेबारसम्म महानगर र उपमहानगरको उम्मेदवार तय…